लुम्बिनी वाणिज्यमा परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी हुने

खबरपथ संवाददाता
२१ फाल्गुन २०७६, बुधबार २१:४१

बुटवल । व्यस्थापन संकायमा बिशिष्टिकृत बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा यही मिति फागुन २४ र २५ गते दुई दिने परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी हुने भएको छ । लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा व्यवस्थापन संकाय डीनको कार्यालयको सहयोगमा सञ्चालन हुने उक्त कार्यशाला गोष्ठी प्राज्ञीक स्वायत्तता अन्र्तगत स्वायत्त कार्यक्रम संचालन गर्ने क्याम्पसहरु जस्तै कैलाली बहुमुखी क्याम्पस धनगढी, जनप्रिय बहुमुखी क्याम्पस पोखरा र शहीद स्मृती बहुमुखी क्याम्पस चितवन टाडीको सहभागीता रहने जनाईएको छ ।

उक्त २ दिने कार्यशाला गोष्ठीमा कैलाली बाट १५ जना, पोखराबाट १२ जना र चितवन बाट ११ जना तथा आयोजक क्याम्पस बाट समेत गरी करिब ६५ जना प्राध्यापकहरुको सहभागीता रहने कुरा क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यााय ले बताउनु भयो । उक्त कार्यशाला गोष्ठीमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा को प्रमुख अथित्यता रहने छ भने स्रोत ब्यक्तीको रुपमा त्रिभुवन विश्वविद्यालयका बरिष्ठ प्राध्यापक द्वय प्रा. डा. प्रेमराज पन्त र प्रा.डा. पुष्कर बर्जाचार्य रहने कुरा आयोजक क्याम्पसले जनाएको छ ।

परीक्षा व्यवस्थापन सम्बन्धी प्रश्नपत्र निर्माण, प्रश्नपत्र संयमता, उत्तर पुस्तिका परिक्षण र समपरिक्षण मा गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रमले प्राध्यापक हरुको बृति बिकास, परीक्षा संचालन तथा ब्यवस्थापन कार्य चुस्त दुरुस्त हुने कुरा लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख उपाध्यायले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*