सियारीमा दुई हजार बढी सेनेटरी प्याड वितरण

नरेश चौधरी
२१ फाल्गुन २०७६, बुधबार २२:०४

सैनामैना । छात्राहरुको शिक्षालाई मध्यनजर गर्दै सियारी गाउँपालिकाले समुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि पालिकाभित्र रहेका २५ ओटा समुदायिक विद्यालयहरुलाई दुई हजार तीन सय पचास ओटा सेनेटरी प्याड वितरण गरेको हो ।

गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सेनेटारी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जानकारी दिनु भयो । महिलाहरुमा महिनावारी हुनु प्राकृतिक प्रकृया भएकोले यस सम्बन्धि भएका अन्धविश्वासलाई समाजबाट हटाउनु पर्ने उहाँको भनाई थियो । ठाउँठाउँमा अझै पनि रजश्वाला सम्बन्धि गलत धराणले गर्दा महिलाहरु जोखिममा पर्ने र अकलमा ज्यानै गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाई थियो । विभेद रहित समाज निर्माणका लागि गाउँपालिका अघि बढेको समेत अध्यक्ष थारुले बताउनु भयो ।

राजश्वला भएका महिलाहरुलाई माया सद्भाव संगसंगै स्वास्थ्यको ख्याल गर्नु पर्ने र सरसफाईमा विशेष ध्ययान दिनु पर्ने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले बताउनु भयो । प्रजनन् गराउनुमा रजश्वलाको महात्वपुर्ण भुमिका रहेकोले यस सम्बन्धी गलत धराणा समाजबाट हटाउनु पर्ने उहाँको भनाई थियो ।

रजश्वलाका करण छात्राहरुको पढाईमा समस्या नहोस भन्ने उद्देश्यले सेनेटरी प्याड वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले बताउनु भयो ।

रजश्वला महिलाहरुको जिवनमा आउने चक्र नियमित प्रकृया भएकोले रजश्वला हुनुलाई गलत ढंगले हेर्न नहुने कुरा स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले बताउनु भयो । सरसफाईमा ध्यायन दिनु पर्ने उहाँले सुझाव समेत दिनु भयो ।

छाउपडी प्रथा तथा छुवाछुत अन्त्य हुनु पर्ने शिक्षा शाखा प्रमुख सुधिर पौडेलले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*