प्रधानमन्त्रीकाे स्वास्थ्यलाभ कामनागर्दै दीप प्रज्ज्वलन

खबरपथ संवाददाता
२२ फाल्गुन २०७६, बिहीबार ११:४३

बुटवल। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुटवलमा दिप प्रज्वलन गरिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आब्ह्वानमा बुधबार सांझ बुटवलको राजमार्ग चौराहामा दिप प्रज्वलन गरिएको हो ।

प्रज्वलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाकी उप प्रमुख गोमा आचार्यले राष्ट्रले अझै केपी ओलीको नेतृत्व खोजेको बताउनु भयो । उहांले प्रधानमन्त्री ओलीको आत्मबलको प्रशंसा गर्दै उहांको आत्मबलले सबैलाई प्ररणा मिल्ने बताउनु भयो ।

मदन भण्डारी फाउन्डेसन बुटवल, राष्ट्रिय युवा संघ नेपाल, मदन भण्डारी कला साहित्य प्रतिष्ठान प्रदेश ५, मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल र तिलोत्तमा, लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ, ओम धनलक्ष्मी सप्लायर्स, यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवललगायतका संघसंस्थाले कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए।

प्रधानमन्त्री ओलीले नेपालमै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर सकारात्मक सन्देश दिएको तथा देश विकासका लागि नेतृत्वको खाँचो अझै रहेकाले शीघ्र स्वास्थ्यलाभको कामनासहित दीप प्रज्ज्वलन गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमी रुपन्देहीका सहसचिव विकासजंग बस्नेतले बताउनु भयो । दीप प्रज्जवलनमा नेकपाका स्थानीय नेता, जनप्रतिनिधिहरूकोसमेत सहभागिता थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*