कोरोना भाइरसविरुद्ध भलाई कोषको सचेतना

खबरपथ संवाददाता
२२ फाल्गुन २०७६, बिहीबार १९:५६

तिलोत्तमा । चीनबाट फैलिएर विश्वमै सन्त्रास फैलाएको केरोना भाइरसविरुद्ध यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले बिहीबार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कोषले आफ्ना पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार एवं कर्मचारीलाई सामूहिकरुपमा भेला गराएर सचेतनामुलक कार्यक्रम गरेको हो । कोरोना भाइरस नेपालमा पनि फैलिन सक्ने भएकाले पुर्व तयारीका उपाय अपनाउनु जरुरी ठानेर सचेतना कार्यक्रम गरिएको कोषका अध्यक्ष दिनेश फुल्लेलले बताए । “संक्रमण भइसकेपछि यसको उपचार नभएकाले जोगिने उपायबारे सचेतना कार्यक्रम गरेका हौं”–उनले भने ।
कार्यक्रममा कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले कोरोना भाइरसबाट बच्ने उपाय अपनाउन आग्रह गरेका थिए । उनले हात मिलाउनुको सट्टा नमस्कार संस्कृति अवलम्वन गर्न, सरसफाईमा ध्यान दिन, बढी भीडभाडमा नजान र जानैपरे मास्कको प्रयोग गरेर मात्र जान आग्रह गरे ।
अर्का पुर्व अध्यक्ष चिनबहादुर गुरुङले कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गर्नु जरुरी रहेको बताए । कार्यक्रममा कोषका स्वास्थ्य सल्लाहकार बद्रि घिमिरेले कोरोना भाइरसविरुद्ध जानकारीमूलक मन्तव्य राखेका थिए । नियमितरूपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिए चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरे कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने उनले बताए ।
कोषका महासचिव योग गुरुङले यसबारे सतर्कता अपनाएर रोकथामका उपाय पहिल्याउनुपर्ने बताए । त्यस अवसरमा भलाइ कोषले आफ्ना पदाधिकारी, सदस्य, सल्लाहकार एवं कर्मचारीलाई कोरोना भाइरसबाट जोगिनका लागि मास्क वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*