दीपमा रक्तदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
२२ फाल्गुन २०७६, बिहीबार २१:०२

बुटवल। बुटवल–८, सुख्खागनरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा क्रियाशील युवा रेडक्रस सर्कलले बिहीबार रक्तदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल युवा रेडक्रस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र अभिभावक गरी जम्मा ३१ जनाले रक्तदान गरेका थिए भने रक्त सञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।
रक्तदान कार्यक्रमपछि आयोजना गरिएको स्रष्टा सम्मान कार्यक्रममा विद्यालयमा कार्यरत पुरुषोत्तम पाण्डेयलाई स्रष्टा सम्मान–२०७६ बाट सम्मानित गरिएको थियो ।


पाण्डेयलाई वादविवाद, वक्तृता, कविता, निबन्ध लेखन, गीत लगायत विभिन्न प्रतियोगितामा विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरेको, मातृभूमिको आँसु–२०६२ खण्डकाव्य, चाकाभित्र मह–२०७२ बाल गीत तथा कविता सङ्ग्रह प्रकाशन गर्दै साहित्य लेखनमा निरन्तर क्रियाशील भएको भन्दै सम्मान गरिएको थियो ।
दीप रेडक्रस सर्कलले २०७४ सालदेखि प्रत्येक वर्ष एक जना स्रष्टालाई सम्मान गर्दै आइरहेको कुरा शिक्षक नायक अर्जुनप्रसाद पन्थले बताउनुभयो ।
विद्यालयका प्राचार्य तथा रेडक्रस सर्कलका संरक्षक टीकाराम न्यौपानेको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति प्रेमलाल उदासको प्रमुख आतिथ्यता, जिल्ला जुनियर÷युवा समिति संयोजक अर्जुनराज उपाध्याय, जुनियर÷युवा समिति बुटवल उपशाखा संयोजक अप्सरा उपाध्याय, विद्यालयका उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राचार्य टीकाराम न्यौपानेले स्वागत तथा धन्यवाद मन्तव्य र उपप्राचार्य सुरेन्द्रकुमार शाक्यले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक नायक अर्जुनप्रसाद पन्थले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*