यज्ञोदयद्वारा कोरोना बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न

अर्जुन खत्री
२३ फाल्गुन २०७६, शुक्रबार १५:२६

फर्साटिकर रुपन्देही । यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस रमवापुरको आयोजना तथा वडा न ३ कार्यालयको समन्वयमा विभिन्न ठाउमा  बिश्वब्यापी फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको विरुद्दको  सचेतना कार्यक्रम सम्पन्न  गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरु र प्राध्यापकहरुलाई विभिन्न   १४ टोलिमा  विभाजन गरि  शुद्धोधन ,सियारी गाउपालिका  र बुटवल उपमहानगर भित्र रहेका विभिन्न ४२ वटा टोलका घर घरमा पुगी प्रचा पम्प्लेट बाडी स्थानियलाई कोरोना भाइरसको बारे जानकारी गराउदै कोरोना भाइरसका लक्षणहरु र बच्ने उपायहरुको बारेमा  सचेतना  दिएको क्याम्पस प्रमुख टंक पौडेलले जानकारी दिनुभयो ।

समुदायसङ्गको सहकार्य अभिबृद्दी र  समुदायको हरेक समस्यामा सहकार्य गर्दै क्याम्पस समुदाय सम्बन्धलाई थप मजबुद बनाइ अघि बढने क्याम्पसको उद्देश्य  अनुरुप समुदायमा कोरोना विरुद्धको जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

बिश्वब्यापी अहिले कोरिनाले  आतंकीत भैरहेको अवस्थामा क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीहरु मिलेर  गरेको जनचेतना अभियान  प्रभावकारी भएको क्याम्पस  सञ्चालक समिती अध्यक्ष  मणिप्रसाद खनालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*