रुपन्देही व्यापार संघमा बस्तुगत उपसमिति गठन

खबरपथ संवाददाता
२३ फाल्गुन २०७६, शुक्रबार २१:५२

बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध अटोमोवाइल्स, रिकण्डिसन र कस्मेटिक व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । अटोमोवाइल्स, रिकण्डिसन र कस्मेटिक व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै सुशिल पाण्डेको संयोजकत्वमा ९ सदस्यीय अटोमोवाइल्स तथा रिकण्डिसन वस्तुगत उपसमिति र नियामत अलिको अध्यक्षतामा ११ सदस्यीय कस्मेटिक तथा श्रृंगार बस्तुगत उपसमिति गठन गरेको हो ।
अटोमोवाइल्स तथा रिकण्डिसन वस्तुगत उपसमितिको सह–संयोजकमा ध्यानबहादुर राई, सचिवमा टेकनाथ बस्याल, सह–सचिवमा नारायण तिवारी र कोषाध्यक्षमा चिन्तामणि खनाल रहनु भएको छ । यस्तै सदस्यहरुमा यज्ञमूर्ति अधिकारी, रञ्जीत भुसाल, गणेश ज्ञवाली, रामप्रसाद बेलवासे तथा सल्लाहकारहरुमा तिलक आचार्य, दिपक गुप्ता र पूर्णबहादुर ज्ञवाली रहनु भएको छ । आजै सम्पन्न कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको सह–संयोजकमा गकुल ज्ञवाली, सचिवमा विजय सुवेदी, सह–सचिवमा सरोज ज्ञवाली र कोषाध्यक्षमा राजेन्द्र ज्ञवाली रहनुभएको छ । यस्तै सदस्यहरुमा रिंकुकुमार गुप्ता, कृष्ण गुप्ता, अनुपदिन मिया, रमिनदिन मिया, करामत खान र विकास गुप्ता रहनुभएको छ ।
भेलामा बोल्ने बक्ताहरुले व्यवसायीक एकताको बलमा मात्र आफना हकहित संरक्षण हुने हुदा सबै व्यवसायी एक भएर बस्न आग्रह गरेका थिए । उनीहरुले व्यवसायका क्रमा विभिन्न प्रकारका समस्याहरु आउने हुदा त्यसबाट भागेर होइन समस्याको पहिचान गरि समाधान गर्नतर्फ लाग्न सुझाव दिएका थिए । भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष यमलाल लोहनीले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा संघका प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारी, महासचिव दयानिधि भण्डारी, सह–सचिव फर्सुराम पन्त, कार्यसमिति सदस्य ठाकुरप्रसाद आचार्य, मनिमदिन मिया“ लगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनु भयो । अटोमोवाइल्स उपसमितिको भेला सुशिल पाण्डेको अध्यक्षता तथा रामबहादुर शाहीको संचालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*