तिनाउको पाटनमा स्वास्थ्य ईकाईको स्थापना

मिलन तरामु
१ चैत्र २०७६, शनिबार २२:२०

बुटवल। तिनाउ गाउँ पालिकाले गाउँ पालिका भित्रको सवैभन्दा दुरगम गाउँ मानिएको पाटनमा स्वास्थ्य ईकाई स्थापना गरेको छ । पाटन स्वास्थ्य ईकाईको उद्घाटन गर्दै गाउँ पालिका अध्यक्ष ओम वहादुर घर्ती मगरले तिनाउ भित्रका सवै जनतालाई आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नदिन  स्वाथ्य ईकाई स्थापना गरीएको बताउनु भयो ।

४ वटा गा वि स मिलेर बनेको तिनाउ गाउँ पालिकामा ४ वटा उपस्वास्थ्य चौकी रहेको र हाल सम्म पाटन सहित थप ७ वटा स्वास्थ्य ईकाई स्थापना भैसकेको र केही दिन पछि वडा १ को झिंगामारा गाउँमा पनि थप स्वास्थ्य ईकाई स्थापना हुन गैरहेको गाउ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो ।  जनता १ घण्टा भन्दा वढी स्वास्थ्य संस्थामा हिडेर पुग्न नपरोस भनी स्वास्थ्य ईकाई स्थापना गरेको र  तिनाउमा १२ वटा स्वास्थ्य संस्था स्थापना भएको स्वास्थ्य ईन्चार्ज कृष्ण कार्कीले बताउनु भयो ।

पाटन स्वास्थ्य ईकाइमा एक जना अहेव नियुत्ति गरी सुरु गरिएको स्वास्थ्य ईकाईमा सरकारले तोकेको ३५ किसिमका औषधी तथा स्वास्थ्य परिक्षण निशुल्क गरिने छ ।

कार्यक्रममा गाउ पालिका उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, गाउ पालिका प्रवक्ता राजेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । वडा नं। ६ को वडा अध्यक्ष टोम बहादुर पुनको अध्यक्षता, मस्याम उपस्वास्थ्य चौकी ईन्चार्ज गंगाराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कृष्ण कार्कीले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*