हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन

खबरपथ संवाददाता
१ चैत्र २०७६, शनिबार २३:०४

काठमाडौ । धादिङका हिमेश पन्त पहिलो कमेडी च्याम्पियन बनेका छन् । धादिङको थाक्रेमा जन्मिएका हिमेश कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटि शो कमेडी च्याम्पियनको च्याम्पियन बनेका हुन् ।

नेपालमा पहिलो पटक आयोजना भएको कमेडी च्याम्पियनमा उपाधिका लागि इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन मगर (खबपु चञ्चल) र धादिङका हिमेश पन्त टप तीनमा पुगेका थिए ।

धादिङका हिमेश कमेडी च्याम्पियनमा लजिकल कमेडियनका रुपमा चर्चित भएका थिए । यस्तै खबपुले अर्गानिक कमेडियन तथा सुमनले दलेदाइको परिचय बनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*