पश्चिम नेपाल बस ब्यवसायीले सुरु ग¥यो ‘कोरोना’ बिरुद्धको अभियान

खबरपथ संवाददाता
२ चैत्र २०७६, आईतवार १५:१४

बुटवल । विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड – १९) को बिरुद्ध सर्तकता अपनाउँदै पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.ले आफना सवारी साधनहरुमा यात्रा गर्नु अघि यात्रीको तापक्रम मापन गरेर मात्र यात्रा गर्ने ब्यवस्था मिलाउने भएको छ ।
पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.ले आईतबार पत्रकार सम्मेलन गरि कोरोना भाईरसको प्रकोप फैलनबाट रोक्नकालागी रुपन्देही र कपिलवस्तुका भारतीय सिमासंग जोडीएका नाकाहरुबाट गन्तब्य पुग्ने बस तथा बुटवल र आसपासबाट चल्ने बसहरुमा यात्रा गर्दा तापक्रम जांचेर मात्र यात्रा गर्नुपर्ने ब्यवस्था मिलाइएको  प्रालिका अध्यक्ष दधीराम खरेलले बताउनुभएको हो ।

प्रालिले रुपन्देहीको बेलहिया, कृष्णनगर, महेशपुर जस्ता भारतीय नाकाबाट बिभिन्न गन्तब्यमा पुग्ने बसमा यात्रा गर्दा अनिवार्य तापक्रम नाप्नु पर्ने ब्यवस्था गरेको छ भने बुटवल, तानसेन, गुल्मी र अर्घाखांचीबाट छुट्ने प्रालि अन्तर्गतका बसमा यात्रा गर्दा पनि अनिवार्य तापक्रम नाप्ने ब्यवस्था गरेको छ ।

ब्यवसायीको आफ्नै स्वास्थ्यकर्मी र तालिम प्राप्त कर्मचारीले बस चढ्नु अघि डिजिटल उपकरणबाट तापक्रम नापेर यात्रा गराउने ब्यवस्था मिलाईएको जनाएको छ । यात्रा गरिरहेका यात्रुहरुले भय रहित वाताबरणमा यात्रा गरेको अनुभुती दिलाउन तापक्रम मापनको ब्यवस्था गरिएको प्रालिका अध्यक्ष दधीराम खरेलले बताउनुभयो ।

१५ थान उपकरण सहित प्रालिका काउण्टरहरुमा तालिम प्राप्त कर्मचारी परिचालन गरिएको तथा तापक्रम उच्च भएका नागरिकलाई नजिकको स्वास्थ्य संस्थाहरु सम्म पु¥याउने प्रबन्ध समेत प्रालिले नै गर्ने अध्यक्ष खरेलले बताउनुभयो ।

उच्च तापक्रम भएका यात्रुहरुलाई आवश्यक परे सुबिधा सम्पन्न अस्पताल सम्म पु¥याउन समेत प्रालि तयार रहेको उहांले बताउनुभयो । कार्यक्रममा सहभागिहरुले बसको सरसफाई तथा बस चढ्नु अघि अल्कोहल सेनालाईजरले हात सफा गर्ने ब्यवस्था गर्न प्रालिलाई सुझाव दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*