ग्लोबल र ड्याडिज किचन सैनामैनाकै उत्कृष्ट होटलमा मापन

खबरपथ संवाददाता
८ चैत्र २०७६, शनिबार २०:१८

सैनामैना। खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्टहरुको वर्गीकरण गरी सैनामैनाका होटलहरुमा लोगो वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनमा तथा स्थानिय खाध स्वचछता समुह सैनामैना रुपन्देहीको समन्वयमा सैनामैनामा रहेका होटलहरुमा अनुगमन गरि होटल स्तरीकरण मुल्याङ्कन सुचाङ्कको आधारमा लोगो वितरण गरिएको छ ।

सैनामैना क्षेत्रभित्र रहेका होटल तथा रेष्टुरेन्टहरुको स्तर थाहा पाउनका लागि विभिन्न ५० ओटा मापदण्ड तयार परेर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरि चार किसिमका लोगो टाँसिएको छ ।

“क” वर्गमा अति उत्तम स्तर, “ख” वर्गमा उत्तम स्तर, “ग” वर्गमा सन्तोषजनक, “घ” वर्गमा समान्य स्तर र “ङ” वर्गमा अति जोखिम पूर्ण स्तर निर्धारण गरि लोगो वितरण गरिएको हो ।

केही समय अगाडी अनुगमन गरिएको सैनामैनामा रहेका १७ वटा होटल तथा रेष्टुरेन्टमा पुगी आज लोगो टाँसिएको छ । जस मध्ये दुई वटा होटल उत्तम स्तर, सात वटा होटल सन्तोषजनक र छ वटा होटल समन्य स्तर र दुई वटा होटल कुनै पनि मापदण्ड पुरा नगरेको पाइएको छ, भने कुनै पनि होटल अतिउत्तम स्तरमा परेका छैनन् । सैनामैना २ मा रहेको ग्लोबल पार्टी प्यालेस र सैनामैना ६ मा अवस्थित ड्याडिज किचन सैनामैनाकै उत्तम स्तरको होटलको सुचिमा पर्न सफल भएका छन् ।

उपभोक्तहरुले अबका दिनमा म कस्तो होटलमा छिर्दै छु, म किन यो होटलमा प्रवेश गर्ने, यहाँको खानाको परिकार र वाँस कस्तो रहला भन्ने कुरा लोगो हेरेर नै थाहा पाउन सक्नेछन् भन्ने कुरा खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहाल बताउनु भयो ।
खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले स्थनिय होटल व्यवासयीहरुलाई स्तरीकरण मुल्याङ्कन सुचाङ्क दिइ सकिएको र उक्त मुल्याङ्कनहरु पुरा गरे आफ्नो होटल तथा रेष्टुरेन्टहरुको स्तर उन्न्त हुने कुरा निरिक्षक पदमराज भुषालले बताउनुभयो ।

अनुगमनमा स्थानिय खाध स्वचछता समुह सैनामैना रुपन्देहीका अध्यक्ष नारायण खरेल, सैनामैना नगरपालिकाका उपप्रमुख विना राना, खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नेपालका केन्द्रिय सदस्य नारायण सेन, उपभोक्तहित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतम, सैनामैना उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष प्रेम बहादुर खड्का, सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा लागो वितरण गरिएको छ ।

खाध तथा स्वच्छताका आधारमा होटल रेष्टुरेन्ट स्तरिकरण निर्देशिका २०७४ लाई आधार मानी नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रलयले स्वीकृत गरेको निर्देशिका खाध्य ऐन २०२३ तथा खाध्य नियमवली २०२७ को अधिकार प्रयोग गरेर होटल तथा रेष्टुरेन्टहरुलाई ५ भागमा वार्गिकरण गरिएको छ । कुनै पनि होटल तथा रेष्टुरेनट व्यवसायीले आफ्नो व्यवसायीलाई मापन गर्न चाहेमा सिधै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा सम्पर्क गरी सुचिकृत गर्न पाइने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*