फर्साटिकरमा कोरोना रोकथाम तथा नियन्त्रण समिती गठन

अर्जुन खत्री
९ चैत्र २०७६, आईतवार २०:४२

शुद्धोधन, रुपन्देही । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका शुद्धोधन गाउपालिका वडा न ३ र ४ को पहलमा कोरोना भाइरस रोकथाम र नियन्त्रण समन्वय समिति गठन भएको छ ।
वडा न ४ का वडाअध्यक्ष राजेन्द्र कडेलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।जसको सह(संयोजकमा वडा न ३का वडाअध्यक्ष हेम ब खडका रहेका छन सदस्यहरुमा रविन्द्र बहादुर खड्का,बिस्नु नेपाल,मुकेश कुवर,रामेश्वरी सिंह,रुकमागत खनाल,अर्जुन खत्री,रोमाकान्त अधिकारी,ओमबहादुर फौदार,पानकुमार फौदार,हुमाकान्त पाण्डे र अग्निप्रसाद पौडेल रहेको छन ।


वडा कार्यालयमा बसेको बैठकले जनप्रतिनिधि,स्वास्थ्य कर्मी, पार्टिका प्रतिनिधि ,शुरक्षाकर्मी ,पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधि समाबेश गरि समिति गठन गरेको हो।नवगठित समितीले शुद्धोधन गाउपालिका वडा न ४ को फर्साटिकर चोक र बर्सपार्कमा धारा राख्ने , जनचेतनामुलक प्रचार सामाग्री प्रसारण ,होडिङ्ग बोर्ड शुद्धोधन गाउपालिका वडा न ३,४ का विभिन्न टोलटोलमा टास्ने , सार्वजनिक यातायातका सम्बन्धमा सरसफाइ भएनभएको अनुगमन गरि नियमन गर्ने ,अपरिचित ब्यक्तिलाई घर आउन रोक लगाउन पहल गर्ने,कोहोरासङ्ग मिल्दो जिल्दो लक्षणहरु फेला परेमा स्वास्थकेन्द्रमा सम्पर्क राख्नका लागि समन्वय गरि क्वारेन्टाइन स्थलसम्म निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने ,घरमा आउने पाहुनालाइ स्वास्थ चेकजाँच गर्न सल्लाह दिने लगायतका निर्णय गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*