सियारीमा क्वारेन्टाइनको व्यवस्था

खबरपथ संवाददाता
१२ चैत्र २०७६, बुधबार २१:४८

सियारी। कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि सियारी–७ अमुवा स्थित जनता मा.वि.मा क्वारिन्टाइनको लागि व्यवस्था  गरिएको छ । सोमबार सियारी गाउँपालिकाको कार्यपालिका बैठक तथा सरोकारवालाहरुको बैठकले ७२ घण्टा भित्र सियारीमा क्वारिन्टाईन व्यवस्था गर्ने निर्णय गरेको थियो । सोहि विषयलाई लिएर बुधबार सियारी गाउँपालिका ७ अमुवामा रहेको जनता मा.वि.मा क्वारिन्टाइनको व्यवस्था गरिएको सियारी गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरुङ्गले बताउनु भयो ।

क्वारिन्टाइनमा रहनेहरुलाई स्वास्थ्य परिक्षण, अवास, खानाको ब्यवास्था, एम्बुलेन्स सेवा लगाएत गाउँपालिकाले ब्यवास्था मिलाउने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले बताउनु भयो ।

जोखिमलाई मध्यनजर गर्दै अवाश्यक परेको खण्डमा गाउँपालिकाको अन्य वडा तथा ठाउँहरुमा क्वारिन्टाईन र आईसोलुसन समेत निर्माण प्रकृया अघि बढाईने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । जोखिमको समयमा नआत्तिन तथा सचेत रहन समेत उहाँले सवैलाई अग्रह गर्नु भयो ।

विदेशबाट आएका तथा १००.४ डिग्री फोरेनाईट भन्दा माथि ज्योरो आएमा, खोकी तथा सास फेर्ना गाह्रो भएमा वा यस खालको लक्षण देखिएमा जोकोही नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गर्न स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले अनुरोध गर्नु भयो । साथै सकेसम्म आफ्नै घरमा सुरक्षित क्वारिन्टाइनमा बस्न वा गाउँपालिकाले निर्माण गरेको क्वारिनटाइनमा बस्न उहाँले अनुरोध गर्नु भयो ।

यस अघि सियारीका विभिन्न स्वास्थ्य संस्थाबाट हेल्पडेस्क संचालनमा ल्याइएको र गाउँपालिकाले पालिका भित्र भोज–भतेर, सभा–समारोह पार्टि तथा समुहमा बस्न रोक लगाएको छ । सचेतना मुलक ब्यानर प्रचापम्प्लेट माईकिङ्ग, लगाएतका कार्यहरु गर्दै आएको छ । भाइरसको जोखिमलाई मध्यनजर गर्दै साप्ताहीक हाटबजार बन्द, सवारी अवागमनमा रोक, पसल, होटेल तथा रेष्टुरन्ट बन्द गराएको छ । संघिय सरकारले जारि गरेको सुचना अनुसार सियारीमा पनि लकडाउन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*