शाइन रेसुंगाका पांच शाखा १ बजेसम्म खुुला

खबरपथ संवाददाता
१३ चैत्र २०७६, बिहीबार १२:१६

बुटवल। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका ५ वटा शाखा खुला राखेको छ । लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल ट्राफिकचोक, बुटवलको योगीकुटी, भैरहवा, प्युठानको बिजुवार र दाङको घोराही शाखा दिउसो १ बजेसम्मका लागि खुला गरिएको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ग्राहकको आवश्यकता अनुसार सम्बन्धित जिल्लामा रहेका शाखाहरु खोलिएको पन्थीले बताए । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ । शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय रहेपनि कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै शाखाहरु सञ्चालनमा नल्याएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*