बुटवलमा कोरोनाको आशंकामा आइसोलेनमा रहेका एक युवाको मृत्यु

खबरपथ संवाददाता
१६ चैत्र २०७६, आईतवार १७:०६

बुटवल । बुटवलमा कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवाको आइतबार मृत्यु भएको हो ।

उनी हालै वैदेशिक रोगजारीपछि संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्किएका थिए भने शुक्रबार उनलाई बुटवलको कोराना अस्पतालको आईसोलेनमा राखिएको थियो ।

उनको स्वाव परीक्षणका लागि काठमाडौ पठाइएको तर रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ । काठमाडौंबाट रिपोर्ट आएपछि उनको कोरोना भाइरसका कारणले मृत्‍यु भएको हो वा होइन भन्ने बारे खुल्ने अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*