कृषि विकास बैंक प्रदेश ५ द्धारा कोरोना राहत कोषको लागि मुख्यमन्त्रीलाई चेक हस्तान्तरण

खबरपथ संवाददाता
१८ चैत्र २०७६, मंगलवार ११:२१

बुटवल । कृषि बिकास बैंक प्रदेश पाँच कार्यालयद्धारा कोरोना भाईरस नियन्त्रण प्रकोप व्यवस्थापन कोष प्रदेश ५ का लागी पाँच लाख रुपैयांको चेक प्रदान गरेको छ । कृषि बिकास बैंक प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले मुख्यमन्त्री शंकर पोख्रेललाई भेटी पाँचलाख रुपैयाको चेक हस्तारण गर्नुुभएको हो ।

चेक हस्तारण गर्दे निर्देशक थापाले बैंकको प्रदेश ५ कार्यालय अन्तर्गतका शाखाहरुले लगडाउनको समयमा स्थानीय प्रशासनसंग समन्वय गरी बैंकिङ्ग सेवा प्रदान गरीरहेको मुख्यमन्त्री समक्ष जानकारी गराउनु भएको थियो ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत उक्त रकम सहयोग गरेको बताएको छ । यस अघि कृषि बिकास बैंक प्रदेश ५ भैरहवाले सिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस कोभिड–१९० संक्रमणबाट सुरक्षित राख्नको लागि सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो ।

साथै बैंकले संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न १० बोरा चुना समेत उपलब्ध गराएको थियो । त्यसै गरी नेपालगंज स्थीत रुपडिया नाकामा समेत ट्यांकी सहित सावुन पानिले हात धुने व्यवस्था मिलाएको थियो ।

त्यसै गरी कृषि बिकास बैंक केन्द्रीय कार्यालयद्धारा नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि खडा गरेको केन्द्रीय कोरोना राहत कोषमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले १ करोड २५ लाख रुपैयां सहयोग गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*