जन्मदिनमा नेविसंघ नेता अर्यालद्वारा कोरोना राहत कोषमा सहयोग

मिलन पंगेनी
१९ चैत्र २०७६, बुधबार २१:०१

स्याङ्जा । स्याङ्जा जिल्लाका नेवि संघ उपसभापति तथा नेविसंघ जनसम्पर्क पोर्चुगलका सभापति अर्जुन अर्यालले आफ्नो जन्मदिनको अवसरमा कोरोना राहत कोषमा १२ हजार ७ सय रुपैंया रकम जम्मा गर्नुभएको छ ।

आफ्नो ३४ औं जन्मदिनको अवसरमा वालिङ नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा उक्त रकम अर्यालले जम्मा गर्नु भएको हो ।

पोर्चुगलमा बस्दै आउनु भएका अर्यालले हाल विश्वले नै उक्त रोग बाट लडिरहेको बेला आफ्नो देशमा र गृहपालीका लाई पनि केही सहयोग होस् भन्ने भावनाले आफ्नो स्थरबाट सक्दो सहयोगको प्रयास गरेको जानकारी दिनु भयो । कोरोना बाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने र सम्पूर्णले आफ्नो स्थानबाट यो रोग बिरुद्ध लड्नका लागि सक्दो सहयोग गर्न सम्पूर्ण समाजसेवी र बुद्धिजीवीहरुलाई अनुरोध गर्नु भयो ।

जन्मदिनमा अनावश्यक रकम खर्च गर्ने परम्पराको अन्त्य हुनु पर्ने सोच सबैमा विकास भई उक्त रकम समाज सेवमा प्रयोग भए सम्पूर्ण को भलो हुने बताउनु भयो । नेता अर्यालले नगरपालिकाको कोरोना राहत कोषको नाममा रहेको नेपाल बैंकको खातामा उत्त रकम पठाउनुभएको हो।

पोर्चुगलमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुलाई समस्या परेमा पोर्चुगलका जनसम्पर्क समाजले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*