छिमेकीले बितरण गरे राहत

अनिल पहाडी
२० चैत्र २०७६, बिहीबार १६:५८

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा न १, बुद्ध टोलमा बिहीबार २४ घर छिमेकीलाई राहत वितरण गरिएको छ। छिमेकीहरु तुल तरामु , दिपक केसी, गोपाल केसीको पहलमा अति विपन्न परिवारलाई राहत वितरण गरिएको हो। अत्यावश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रति परिवार १० केजी चामल, १ र २ केजी दाल १ केजि आलु, १ पोका तेल, १ केजी नुन लगायतका खाद्यान्न वितरण गरिएको हो ।
लकडाउनकोकारणले  आफ्नो दैनिकी चलाउन मुस्किल परेका अपाङ्ग, एकल महिला तथा आयस्रोत केही नभएका अति विपन्न परिवारलाई राहत वितरण गरिएको स्थानिय समाजसेवि अर्जुन क्षेत्री ले बताउनु भयो ।

राहत पाएपछी दैनिकी चलाउन अफ्ठ्यारो परेका अति विपन्न परिवारहरु खुसी भएका छन । राहत वितरणमा स्थानिय भिमा तरामु ,पदम सुवेदी ,कल्पना थापा ,दयाराम उपाध्याय ,दल बहादुर राना ,पदम राना ,राम बहादुर बोहोरा लगायत को पनि सहयोग रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*