रोटरी र रोट्याक्ट डाउनटाउनद्वारा राहत वितरण

खबरपथ संवाददाता
२० चैत्र २०७६, बिहीबार १८:१२

बुटवल। सामाजिक कार्यहरुमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउन र रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनद्वारा संयुक्त रुपमा राहत वितरण कार्यक्रमलाई अगाडी बढाएका छन । रोटरी रोट्याक्ट डाउनटाउनका सदस्यहरुले स्वतस्फुर्त रुपमा राहत कोष खडा गरि अति आपतमा परेका दिनदुखीहरुलाई सहयोग गरिने रोटरीका अध्यक्ष तुलसी घिमिरेले बताए ।

बुटवल ४ का वडा अध्यक्ष टंक पराजुलिले महामारीका रुपमा फैलिएको कोविड 19 रोगबाट बच्न सरकारले लकडाउन गरे पछि उन्पन्न दैनिकी मजदुरी गरिखाने परिवारलाई बढी समस्या र खाद्यान्नको अभावको हने हुदा यस्तो अवस्थामा रोटरी रोट्याक्ट डाउनटाउनले गरेको सहयोग अति महत्त्वपूर्ण रहेको बताए ।

रोटरिका A.G . राजेन्द्र ढकालले समाजलाइ आपत पर्दा रोटरी सदैब अग्रभागमा रहि समाजसेवा गरि आएको बताए । रोट्याक्ट अफ बुटवल डाउनटाउनका अध्यक्ष मधु भट्टराईले सन्सार कोरोनाको महामारीमा रहेको र लामो लकडाउनमा दैनिकी गरिखाने मजदुर देखि अन्य पिछडिएको बर्गमा औषधि र खाद्यान्नको ठुलो बिकराल समस्या परेको हुनाले अति आवश्यक करिब २०० घरधुरीलाई दैनिकी खाद्यान्न, चामल, दाल, साबुन, तेल , नुन सहयोग गर्ने अनुरुप सामान वितरण गरिएको बताए । साथै भोलिका दिनहरुमा पनि सहयोगलाई निरन्तर दिईने भट्टराईले जानकारी गराए । जसअनुरुप बिहिबार बुटवल वार्ड ४ मा ३० घर धुरी लाई सामान वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*