घरबहाल छुट दिन सरकारले गरेको अनुरोधको स्वागत

खबरपथ संवाददाता
२१ चैत्र २०७६, शुक्रबार १३:४२

बुटवल। बिश्वब्यापी महामारीको रुपमा फैलिईरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट रोक्न मुलुक लकडाउनमा रहेको र यसबाट आम जनतामा प्रत्यक्ष प्रभाव पर्न गएको भन्दै १ महिनाको घरभाडा छुट दिन सरकारले गरेको अनुरोधको घरबहाल महासंघ प्रदेश पाँचले स्वागत गरेको छ । बिषम परिस्थितीमा आम ब्यबसायी र उपभोक्तालाई राहत पुगोस भन्ने उद्देश्यका साथ सरकारले चैत महिनाको घरभाडा नलिन घरधनिहरूलाई अनुरोध गरेकोमा घरबहाल सरोकार महासंघ नेपाल पाँच नम्बर प्रदेश कमिटिले स्वागत गरेकोे हो ।
सरकारले घोषणा गरेको लकडाउनका कारण खासगरि बहालमा संचालन गरिएका उद्योग तथा ब्यबसाय र बहालमा बसोबास गर्ने मजदुरहरुमा प्रत्यक्ष असर परेकोले घरबहालमा छुटदिनुपर्ने भन्दै उद्योगी ब्यबसायीहरुले सरकारसँग माग गरेका थिए । महासंघका उपाध्यक्ष एवं प्रदेश नम्बर पाँचका संयोजक हरि रेग्मी र केन्द्रिय सचिव राजु लिगलले एक प्रेस विज्ञप्ति प्रकाशित गरि मुलुकको विषम परिस्थितिलाई मध्येनजर गरि सरकारले गरको सो निर्णयको स्वागत गरिएको जनाउनु भएको छ ।
महासंघले यसअघि घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेकोमा लकडाउनको समयावधि लम्बिएसंगै सरकारले एक महिनाको घरभाडा नलिन घरधनिहरूलाई गरेकोे अनुरोध अत्यन्तै स्वागतयोग्य रहेको भन्दै सो निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । बिज्ञप्तीमा भनिएको छ—हालको बिषम परिस्थितीलाई मध्येनजर गर्दै सरकारले गरेको घरबहाल मिनाहाको लागि अनुरोध र बहाल छुटको बिषय राज्यको समेत सरोकारको बिषय बनेकोमा त्यो निर्णयको हार्दिक सम्मान तथा स्वागत गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*