राहत आफुखुसी नबाड्न सिनपाको आग्रह

खबरपथ संवाददाता
२१ चैत्र २०७६, शुक्रबार २१:०६

भैरहवा। नोभल कोरोना भाइरस (कोभिड १९ ) को कारण १० दिन देखि मुलुक लकडाउनको कारण ठप्प छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी गरेर खाने श्रमीक बर्ग समस्यामा परेपछि स्थानिय सिद्धार्थ नगरपालिकाले गरिब तथा विपन्न श्रमीकहरुको लगत संकलन गरी राहत बितरण गरिरहेको छ ।
नगरपालिकाले अहिले सम्म वडा नम्बर १, २, ३, ६, ७, ८, ९, १०, ११, १२ वडामा राहत बितरण गरिसकेको छ । नगर उपप्रमुख उमा काफ्लेका अनुसार वडा अध्यक्ष र सदस्यहरुले वडा तहमा गरिब तथा विपन्न परिवार हो भनि संकलन गरी पठाएको व्यक्तिलाई राहत बितरण गरिएको बताईन् । उनले भनिन, ‘नगरको ४, ५ र १३ नम्बर वडामा राहत बितरण बांकी छ । अब अरु ठाउ सकियो । ’
स्थानिय नगर सरकारले राहत बितरण शुरु गरेपछि केही संघसंस्थाले नगरमा आफुखुसी राहत बाड्न थालेको भन्दै नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अब उप्रान्त आफुखुसी राहत बितरण गर्नेगरी कार्य नगर्न अनुरोध गरिएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासीनिले विज्ञप्तीमा भनेका छन, ‘सहयोग गर्न इच्छुक संघसंस्थाले नगरपालिकाबाट स्वीकृति लिएर गर्नहुन अनुरोध छ । स्वीकृति बिना प्राप्त हुने जिन्सी सामग्रीहरु स्वीकार नहुने र सहयोग गर्ने संघसंस्था वा व्यक्तिको नाम नगरपालिकाको रेकर्डमा नराख्ने सम्बन्धीत सबैमा अनुरोध छ । ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*