थप तीनमा कोरोनाको सङ्क्रमण

खबरपथ संवाददाता
२२ चैत्र २०७६, शनिबार १६:३५

बुुटवल । नेपालमा कोरोना भाइरस  ( कोभिड–१९) को सङ्क्रमण थप तीनमा देखिएको छ । मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । सङ्क्रमित महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जानकारी गराएको छ ।

तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिए पनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएको हो ।

गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*