अग्लुङ्ग बुटवलद्धारा माक्स तथा सेनिटाइजर वितरण

विवश विष्ट
२२ चैत्र २०७६, शनिबार १७:३३

बुटवल । अग्लुङ्ग बुटवल सम्पर्क अभियानले सुरक्षाकर्मीलाई  माक्स तथा सेनिटाइजर वितरण गरेको छ । बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा रहेका सुरक्षाकर्मीहरुलाई माक्स , सेनिटाइजर पानी र जुस वितरण गरेको हो।

शनिवार बुटवलको चौराहा देखि गोलपार्कसम्म रहेका ४०,५० जना सुरक्षाकर्मीहरुलाई माक्स, शुद्ध खानेपानी, जुस तथा खानेकुराहरु चाउचाउ, बिस्कुट लगायतका सामाग्री वितरण गरिएको महासचिव सुमन खत्री बताए ।

जनतालाई कोरोना भाइरसबाट बचाउन लागिरहेका सुरक्षाकर्मीलाई  ब्यक्तिगत स्वास्थ्य सुरक्षकालागी माक्स, सेनेटाइजर लगायत सामाग्रीहरु प्रदान गरिएको संस्थाका महासचिव सुमन खत्रीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*