विश्व शान्तिको कामना गर्दै संकट मोचन पाठ सँगै दीप प्रजलन

मिलन पंगेनी
२३ चैत्र २०७६, आईतवार २१:३६

बुटवल । तिलोत्तमा नगरपालिका मणिग्राम स्थित ई गार्डेन रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसले आज देखि विश्व शान्तिको कामना गर्दै ५ दिने संकट मोचन हनुमान चालिसा पाठ र दीप प्रजलन थालेको छ ।

ई गार्डेनका प्रोप्राईटर हरि पन्तले हाल विश्व नै कोरोना भाइरसको कारणले त्रसित र भयबित भएको र हजारौँ मानिसहरुले ज्यान गुमाउनु परेको र लाखौँ संक्रमित भएको अवस्थामा विश्व शान्ति र मृतकहरु को आत्म शान्तिका लागि दीप प्रजलन र यस महामारीको बाट छिटै मुक्ति होस् भन्ने आस्थाले ५ दिने संकट मोचन हनुमान चालिसा पाठ गर्ने बताउनु भयो ।

धार्मिक र वैज्ञानिक हिसाबले दीप प्रजलन को महत्त्व बुझाउँदै पन्तले आधुनिक बिज्ञानले पनि घिउको दियोको धुँवाले बिशाक्त बिषाणुहरु मार्छ भनेर प्रमाणित गरेको र धार्मिक आधारमा पनि हाम्रो धर्म,सँस्कृतिमा रहेको अन्धकारबाट प्रकाश तर्फ बढने मान्यताको प्रतिमुर्तात्मक कार्य भनेको पनि दियोपुजन गर्ने, दियो बाल्ने नै हो भनेर भनेकोले यी दुबै एँगल बाटै घिउको दियो बाल्नु उपयुक्त रहेको बताउनु भयो । साथै यस बिपतको घडी मा कोरोना भाइरस बाट बच्न अपनाउनु पर्ने नियम र रोकथामका विषयलाई गम्भीरताका साथ लिन आग्रह गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*