लकडाउन वैशाख ३ सम्म थपगर्ने मन्त्रिपरिषद्‍को निर्णय

खबरपथ संवाददाता
२४ चैत्र २०७६, सोमबार १८:०७

बुटवल । नेपाल सरकारले जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । यहि चैत ११ गते देखि एक साताका लागि शुरु गरिएको लकडाउन चैत २५ सम्मका लागि थप गरिएको थियो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*