कक्षा ११ र १२ को परीक्षा स्थगित

खबरपथ संवाददाता
२५ चैत्र २०७६, मंगलवार १५:३६

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । कोरोना संक्रमणको जोखिमका कारण परीक्षा अर्को सूचना नभए सम्मका लागी स्थगित गरिएको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ । यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*