बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुरामको ११ दिनपछि शव उठ्यो

खबरपथ संवाददाता
२६ चैत्र २०७६, बुधबार २०:१२

बुटवल । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव ११ दिनमा बुधबार परिवारले बुझेका छन ।

मृतककी श्रीमती रीताथापालाई  रोजगारी दिने, २ छोराहरुलाई उच्च शिक्षा सम्म निशुल्क पढाउने र राहत दिने सहमती पछि आफन्तले शव बुझ्न तयार भएका हुन् ।

प्रदेश ५ को समाजिक विकास मन्त्रालयमा बुधबार आयोजित सर्वपक्षीय बैठकबाट परिवारका सदस्यको माग सम्बोधन गर्ने सहमति जुटेको हो। बैठकमा सहभागी मानवअधिकारकर्मी गोविन्द्र खनालले मृतक बाबुरामको परिवारलाई दिनेगरी आधारभूत राहत कोष बनाउने सहमति बताउनु भयो ।

त्यसैगरी बाबुरामका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठन र श्रीमती रीता थापा क्षेत्रीलाइ सैनामैनाको स्थानीय सरकारले रोजगारी दिने लिखित सहमति  समाजिक विकास मन्त्री सर्दुशन वरालले गर्नुभएको छ ।

सरकारी निकाय संगै ५ लाख पचास हजारको आधारभुत कोष र उक्त कोषमा समाजसेवी दाताहरूको सहयोगबाट समेत थप गरि ८ लाख ४१ हजार १ सय १ रुपैयाको कोष भएको छ ।

मानवअधिकारकर्मीहरु , नागरिक समाज लगायतका प्रतिनिधिहरुको रोहवरमा शव उठाउनका लागि पहल भएको हो । सहमतीका लागि पाल्पाली समाजका अध्यक्ष पदम कार्कि, संबिधानसभाका सदस्य बिनोद पहाडि युवाअधिकारर्मीहरु जगत पोखरेल, गोबिन्द खनाल लगायतले सकृयता देखाउनु भएको थियो ।

दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । अस्पतालमा भर्ना भएको चौथो दिन चैत १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो ।

उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । तर, परिवारले उपचारमा लापरबाही भएको भन्दै शव बुझ्न मानेका थिएनन् । परिवारले क्षतिपूर्ति लगायतका माग  अघि सारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*