मगरसंघद्वारा कोरोना राहात कोषमा सहयोग रकम प्रदान

खबरपथ संवाददाता
२७ चैत्र २०७६, बिहीबार १९:५८

बुटवल । बुटवल उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विरुद्धको राहात कोषका लागि पचास हजार एक सय एकाउन्न रुपैयाँ प्रदान गरिएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले सो रकम कोषका लागि सहयोग गरेको हो । नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष थर्क बहादुर बारघरे मगरले उक्त सहयोग रकमको चेक बुटवल उपमहानगरपालिकाका मेयर शिबराज सुवेदीलाई एक कार्यक्रमका बीच बिहिबार हस्तान्तरण गर्नुभयो ।

देश कोरोनाको महामारीसंग जुधिरहेको अवस्थामा सामाजिक संघ संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बोध गर्दै सहयोग गरिएको मगर संघका अध्यक्ष थर्क बहादुर बारघरेले बताउनु भयो । सहयोग रकमको चेक ग्रहण गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिबराज सुवेदीले कोरोना भाइरस कोभिड –१९ को महामारीसंग जुध्नका लागि मगर संघले आफ्नो दायित्व सम्झेको प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा कोरोना भाइरस कोभिड –१९ महामारीको रोग विरुद्ध लड्न एकजुट भएर लाग्न सम्पूर्ण नगरवासीमा मेयर सुवेदी अनुरोध समेत गर्नुभएको छ । रोगसंग लड्नका लागि बुटवल उपमहानगरपालिका पूर्ण तयारीका अवस्थामा रहेकाले नगरवासीलाई नआत्तिन, लकडाउनको पालना गर्न र धैर्य रहन समेत आग्रह गर्नुभएको छ ।

सहयोग हस्तान्तरण गर्नका लागि नेपाल मगर संघका सल्लाहकार एवं संघका प्रदेश ५ समितिका उपाध्यक्ष धनी आले, सल्लाहकार एवं संघका प्रदेश सदस्य गोपाल चोहान, मगर संघ बुटवल उपमहानगरपालिका समितिका प्रेस सल्लाहकार एवं फोनिज रुपन्देही अध्यक्ष सनु थापा, मगर संघका बुटवल उपमहानगर उपाध्यक्ष बसन्ती साठिघरे, कोषाध्यक्ष लुम बहादुर सारु र प्रेस सल्लाहकार टेक बहादुर मास्की राना लगायत बुटवल उपमहानगरपालिका कार्यालयमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*