सियारीद्धारा २५ लाखको विपत राहत कोष स्थापना

नरेश चौधरी
२७ चैत्र २०७६, बिहीबार २०:३९

रुपन्देही,सियारी। सियारी गाउँपालिकाले राहत वितरण कार्यका लागि रु २५ लाख बराबरको रकम विपत ब्यवास्थपन राहत कोष स्थापना गरेको छ ।
राहत वितरणका लागि सियारी गाउँपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले १० दिन बराबरको रकम रु ५ लाख ३१ हजार ९ सय ३६ रुपैयाँ विपद ब्यवास्थपन राहत कोषमा जम्मा गरेका छन् । अति विपन्न परिवारलाई लकडाउनको समयमा राहत होस भन्ने उद्देश्यले कर्मचारीहरुको १० दिन बराबरको रकम रहतकोषमा जम्मा गरिएको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मिन प्रसाद भट्टाराईले बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगाएत जनप्रतिनिधिहरुले पाउने सुविधाबाट १५ दिन बराबरको २ लाख ८७ हजार ५ सय रकम विपत ब्यवस्थापन राहतकोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

यस्तै साधु बहुउद्देश्य सहकारी संस्था लि.ले ५० हजार, अर्घखाँची सिमेन्टले दुई लाख, जनउत्थान वचत तथा क्रृण सहकारी संस्थाले ५० हजार, लुम्विनी ईट्टा ब्यवासयी संघले ३० हजार, रिजाल कन्स्ट्रक्सनले ५० हजार, शुद्धोधन–३ सखुवानी निवासी अजय अधिकारीले २५ हजार र एन.आई.सि एसिया बैंकले रु.५० हजार रकम बराबरको खाद्य समाग्री रहत वितरणका लागि रहत कोषमा अहिले सम्म सहयोग जम्मा गरि सकेको गाउँपालिकाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*