तिनाउ मिसनद्धारा अस्पताललाई पीपीई हस्तान्तरण

खबरपथ संवाददाता
२८ चैत्र २०७६, शुक्रबार २०:०४

बुटवल। तिनाउ डेभलपमेन्ट बैंक लि.को बुटवल हस्पिटललाईन र सुख्खानगर शाखाले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई चिकित्सकहरुको लागि अत्यावश्यक हुने पीपीई सेट ( व्यक्तिगत सुरक्षा सामाग्रि) सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
हालैका दिनमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको महामारीबाट नेपाल समेत प्रभावित भएकाले चिकित्सकहरुलाई सम्भावित संक्रमितहरुको अग्रभागमा रहेर औषधि उपचार गनुपर्ने भएकोले उनीहरुको सुरक्षाको लागि बैंकले पीपीई हस्तान्तरण गरेको हो ।
करिब ३५ हजार मुल्य बराबरका ८ थान पीपीई सेट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ, हस्पिटललाईनका शाखा प्रबन्धक एकनारायण अर्याल, कर्जा विभाग प्रमुख विष्णु गौतम, माईक्रो फाईनान्स विभाग प्रमुख लक्ष्मण भट्टराई र सुख्खानगर शाखा प्रबन्धक कृष्णप्रसाद पन्थीको उपस्थितिमा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई र मेडिकल सुपरिटेनडेन्ट राजेन्द्रप्रसाद खानाललाई हस्तान्तरण गरिएको हो । उक्त समाग्री बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट योगदान गरेको हो । यसअघि बैंकले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयां जम्मा गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*