मन्त्री सुदर्शन बरालद्धारा भोर्जुअल मिटिङको शुरुवात

खबरपथ संवाददाता
२८ चैत्र २०७६, शुक्रबार २१:०२

बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले भोर्जुअल मिटिङ को शुरुवात गर्नु भएको छ । कोरोना भाइरस (कोभिड –१९) को रोकथाम तथा नियन्त्रणको विषयमा मन्त्री बरालले प्रदेश नं ५ अन्तर्गतका १२ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखहरुसंग भिडियो संवाद गर्नु भएको हो ।

शुक्रवार कोरोना भाइरस नियन्त्रणको लागि जिल्लामा भएका कार्यहरुको वारेमा स्वास्थ्य कार्यालयका प्रमुखहरुले रिपोटिङ गर्नु भएको थियो भने आवश्यक तयारीको सम्वन्धमा जानकारी गराउनु भएको थियो ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाका संक्रमितको पहिचानको लागि परिक्षणलाई मन्त्रालयले प्राथमिकता दिएको बताउदै ¥यापिड टेष्टको लागि किट पठाई सकिएको बताउनु भयो । ‘आवश्यक परेको खण्डमा माग गर्नुहोला हामी तुरुन्तै पठाईदिन्छौ । उहांले भन्नु भयो– परिक्षणलाई तिव्रता दिन आरटि पिसिआर मेसिन थपेका छौ ।’ उहांले उच्च मनोवलका साथ स्वास्थ्यकर्मीहरुलाई कार्य खटाउन निर्देशन दिनुहुदै त्यसको वातावरण मन्त्रालयले मिलाउने बताउनु भयो ।

उहांले जिल्लाका सबै अस्पतालहरुका सवै सेवाहरु सुचारु गर्ने व्यवस्था मिलाउन प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । साथै दिर्घरोगीहरुको लागि चाहिने औषधीको नियमित व्यवस्थापनको लागी पनि व्यवस्था गर्न निर्देशन दिनुभयो । लक डाउन लम्वीदै जादा अन्य विरामी मर्कामा पर्नुभएको छ । सबै सेवा सूचारु गराउने व्यवस्था मिलाउनुस । उहांले भन्नु भयो । उहाले जेष्ठ नागरिक असाहय अपाङगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

मन्त्री बरालले जिल्लाका स्थानीय तह, राजनितिकदल, विभिन्न संघ संस्थाहरुसंग सकार्य गरी कोरोना भाइरस नियन्त्रणको कार्य गर्न निर्देशन दिनु भएको छ । सामाजिक विकास मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले स्वास्थ्य संग सम्वन्धीत जिल्लाका समस्याहरु समाधानको लागि प्रयास भईरहेको जानकारी गराउनु भयो ।

भोर्जअल मिटिङलाई निरन्तरता दिईने छ । केही दिनमा जिल्ला स्थित अस्पतालका मेडिकल सुपरिटेण्डेन्टहरुसंग भोर्जुअल मिटिङ आयोजना गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*