गैडहवाद्वारा राहत बितरण

खबरपथ संवाददाता
२९ चैत्र २०७६, शनिबार २१:४२

लुम्बिनी । कोरोना भाईरस ( कोभिट १९) न्यूनीकरणका लागि सरकारद्वारा घोषित लकडाउन को बेला बिपन्न परिवारहरुलाई रुपन्देहीको गैडहवा गाँउपालिकाद्वारा राहत बितरण शुरु भएको छ ।
गैडहवा गाँउपालिका द्वारा ५० लाख धनराशि बिपद ब्यवस्थापन कोष स्थापना गरि लकडाउनबाट प्रत्यक्ष रुपमा प्रभावित बिपन्न नागरिकहरुका लागि तोकिएका मापदण्ड बमोजिम राहत बितरण कार्यक्रम शुभारम्भ गरिएको हो । सातजना परिवार भएको हकमा १५ किलाग्राम चामल ,सो भन्दा माथि परिवार भएको हकमा पहिलो चरणको राहत प्याकेज अन्र्तगत २० किलोग्राम चामल एक किलोग्राम आलु,एक किलोग्राम दाल, आधा लीटर खानेतेल,एक किलोग्राम नून वडा नं. ७,८ र ९ मा एकै साथ बितरण कार्य शुरु गरिएको गैडहवा गाँउपालिका अध्यक्ष बछुलाल केवटले जाकारी गराए ।
यसै गरि पाँच किलोग्राम चामल,एक किलोग्राम दाल,एक किलोग्राम नून, एक लीटर खानेतेल तथा एक पीस साबुन घर घरमा बितरण गर्न लागिएको कोटहीमाई गाँउ पालिका १ का वडाअध्यक्ष राजमन जैयसवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*