कोरोना नियन्त्रणको दिर्घकालिन योजना वनाउनुपर्छ : मन्त्री बराल

खबरपथ संवाददाता
५ बैशाख २०७७, शुक्रबार १६:५१

बुटवल । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्वन्धी प्रदेश नं ५ का जिल्लाहरुको स्थलगत अध्ययन गरी फर्किएका संघीय सरकारले खटाएको प्रतिनिधीहरुसंग सामाजिक विकास मन्त्रालयमा विहिवार छलफल गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटनु भएका डा रमेश खरेलले जिल्लाका अस्पतालहरुको अवस्थाको विषयमा रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालले कोरोना भाइरस नियन्त्रणको लागि दिर्घकालिन योजना बनाएर जानु पर्ने औल्याउनु भयो । उहांले संघीय सरकारले त्यसको संयोजन तथा सहजीकरण गर्नुपर्ने बताउनु भयो । क्रिटिकल केयरको लागि पहिलो चरणमा ४ वटा कोरोना स्पेशल अस्पताल स्थापना गरिएको तथा दोश्रो चरणमा प्रादेशिक अस्पतालहरु र तेश्रो चरणमा प्रदेशका मेडिकल कलेजका अस्पतालहरुलाई डेडिकेटेड अस्पतालको रुपमा रुपान्तरण गर्न तयारी गरिएको जानकारी दिनु भयो । मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले संघीय सरकारले रकम पठाएपनि खर्च गर्न नसकिने अवस्थामा रहेको बताउनु भयो । विशेष परिस्थितिमा खरिद सम्वन्धी ऐनमा केही सहजीकरण गर्न पर्ने आवश्यकता औल्याउनु हुदै उहाले संघिय सरकारले विशेष परिस्थितीमा केही सरलीकृत गरिदिनु पर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*