लकडाउनमा इन्टरनेट सेवा नकाट्नू : प्राधिकरण

खबरपथ संवाददाता
५ बैशाख २०७७, शुक्रबार १८:१७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।
हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सुचारु राख्नुपर्नेमा केही इन्टरनेट सेवा प्रदायकहरुले समयमा महसुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेकाको गुनासो नेपाल दूरसञ्चार प्राधिकरणमा पुगेको थियो ।

प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महसुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको छ ।

यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन अवधि पश्चात् विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणले एक सुचना जारी गर्दे सेवा प्रदायकलाई निर्देशन दिइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*