गुल्मीमा आगलागी हुँदा १ किशोरको मृत्यु, २ जना घाइते

खबरपथ संवाददाता
८ बैशाख २०७७, सोमबार १६:१४

गुल्मी । गुल्मी चन्द्रकोट गाउपालिका वडा नम्बर ४ शान्तिपुर बजारमा आगलागि हुंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

शान्तिपुर बजारको बसपार्क नजिकै रहेको पुर्णबहादुर खनालको पसलमा आगलागि हुंदा खनालका १६ बर्षिय छोरा समिर खनालको मृत्यु भएको छ भने पसल संचालक खनाल र उनका पत्नी रुपा खनाल गम्भीर घाईते भएका छन् ।

आज मध्यान्ह अन्दाजी १ बजे लागेको आगो स्थानीयबासी र प्रहरीले केहिबेर अगाडी नियन्त्रण गरेका थिए । आगलागिबाट पसलमा भएका सबै मालसामान नष्ट भएका छन् । क्षेतीको बिवरण भने प्रहरीले अनुसन्धान पछि थाहा हुने बताईएको छ ।

खनाल स्टोर्स नामबाट संचालनमा रहेको पसलमा डिजल, पेट्रोल र ग्यांस समेत रहेकाले नियन्त्रण गर्न समय लागेको र क्षेती बढी भएको स्थानीय नबिन कसजुले बताउनुभयो ।

घाईते दम्पत्तीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । घरमा आगोलागी भएपछी बुवा आमा घर बाहिर निस्कन सकेपनी छोरा घरबाट बाहिर निस्किन नसकेका कारण छोराको मृत्यु भएको कसजुले बताउनुभयो ।

आगोलागीबाट कति क्षति भयो भन्ने जानकारी नअएको स्थानीय कसजुले बताउनुभयो । अहिले आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*