नेपालमा थप ३ जनामा कोरोना पुष्टी , संक्रमितको संख्या ४५

खबरपथ संवाददाता
१० बैशाख २०७७, बुधबार १९:३६

बुटवल । नेपालमा थप तिन जनामा कारोना संक्रमण देखिएको छ । धरानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार जानकारी दिएको छ ।

संक्रमितहरु २४ बर्षिय ,६० बर्षिय र ७० बर्षिय पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पगेको छ भने त्यस मध्य सात जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*