औषधी व्यवसायीद्धारा पत्रकारलाई मास्क र सेनीटाइजर प्रदान

खबरपथ संवाददाता
१० बैशाख २०७७, बुधबार २१:२९

बुटवल । ओैषधी व्यसायी संघ रुपन्देहीद्धारा रुपन्देहीका क्रियाशिल पत्रकारलार्इ मास्क र सेनीटाइजर प्रदान गरेको छ ।
बुधबार संघले फिल्डमा खटिएर काम गर्ने रुपन्देहीका एकसय जना क्रियाशिल पत्रकारको स्वास्थ्य सुरक्षालाई मध्य नजर गरी मास्क, स्यानिटाइजर र पन्जा प्रदान गरेको हो ।

पत्रकार महासंघ रुपन्देहीको प्राङगणमा बुधवार ओैषधी व्यवसायी संघ, लुम्बिनीका अध्यक्ष शिव ज्ञवाली र रुपन्देहका अध्यक्ष सुरज भट्टराइले सामाग्री प्रदान गर्दै जोखिम मोलेर फिल्डमा खटिएका क्रियाशिल पत्रकारहरुका लागि नियमित स्वास्थ्य परीक्षण, सुरक्षा उपकरणहरूको उपलब्धता अनिवार्य हुनुपर्ने बताए ।
पत्रकारहरु आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखी नागरिकलाई जानकारी दिने काम गरिरहेकोमा धन्यवाद दिदै भट्टराईले आगामी दिनमा पनि संघले पत्रकारहरुलाई जिम्मेवारी निर्वाहका समयमा गर्ने अप्ठ्यारोको समयमा सहयोग गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*