प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

खबरपथ संवाददाता
१२ बैशाख २०७७, शुक्रबार १९:४७

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा वली र प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा बिच शुक्रबार बालुवारमा भेटबार्ता भएको छ ।
भेटवार्ताका क्रमममा सभापति शेरबहादुर देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्रीलाई धन्यबाद दिनुका साथै एक साँसदलाई अपहरण शैलीमा काठमाण्डौं ल्याउनेलाई कारर्वाहीको माग गर्नुु भएको नेपाली काँग्रेसका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । दोषीलाई तत्काल कारर्वाही हुनुपर्ने  देशैभरी माग उठेको र आफनो माग पनि यही रहेको उल्लेख गर्दे सभापति देउवाले कानुनी राज्यको आभाष दिलाई निष्पक्ष रुपमा अनुसन्धान भई कारर्वाही हुनपर्छ भन्नुभएको थियो ।
भेटमा देउवाले राहतको घोषणा अधुरो भएको हुदा पुुग्नु पर्नेकोमा अझै नपुुगेको ,श्रमिक , बेरोजगार ,बिधार्थीका साथै साना ठूला ब्यवसायीहरुका लागी तत्काल राहत प्याकेज ल्याउन सझाव समेत दिनभएको थियो ।  साथै सभापति देउवाले कारोनाको माहामारी संग लडिरहेको बेला विवादका कुनै कुरा नल्याउन प्रधानमन्त्रीलाई थप सझाव दिनुभएको कांग्रेसले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*