हवाई उडान जेठ २ सम्म बन्द गर्ने निर्णय

खबरपथ संवाददाता
१३ बैशाख २०७७, शनिबार १७:११

काठमाण्डौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितीले आन्तरीक तथा बाह्य उडान जेष्ठ २ गते सम्मका लागी बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्व रहेको कारोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितीको शनिबार सिंहदरवारमा बसेको बैठकले जेठ २ गते सम्मका लागि आन्तरिक तथा बाह‍्‍य हवाई उडान स्थगित गर्ने निर्णय गरेको हो । यस अघि वैशाख १८ गते सम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो।

सरकारले दोस्रो पटक थप गरेकोे लकडाउनको समय अवधी बैशाख १५ गते सकिंदैछ । लकडाउनको अवधि बारेमा आईतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*