लकडाउन प्रभावकारी बनाउन बोर्डरमा गाँउलेको पहरा

बिन्दु कुमार चौहान
१३ बैशाख २०७७, शनिबार १९:५४

लुम्बिनी । बिश्वब्यापी महामारी कोरोना भाईरस ( कोभिट १९ ) रोकथाम तथा नियन्त्रणका लागि बुद्धजन्म स्थल लुम्बिनीमा लकडाउन प्रभावकारी बनाउन गाँउलेहरु नेपाल भारतको बोर्डरमा सुरक्षा कर्मीहरसँग पहरा दिनथालेका छन ।
कोरोना संक्रमण रोक्न दशगजामा प्रत्येक चारसय मीटरको दूरीमा सशस्त्रप्रहरीले २४ घण्टा त्रिपालभित्र बसेर डिउटी गर्न थाले पछि सशस्त्र प्रहरीसँगै गाँउलेहरु बोर्डरमा स्वयंसेवक बनेर पहरा दिनथालेका हुन ।
सरुवा रोग कोरोना भाईरस संक्रमणबारे सीमावर्ती क्षेत्रका जनता जागरुक भएपछि स्वयंसेवक बनेर सशस्त्रप्रहरीलाई सहयोग गर्नथालेको बीओपी बैरघाटका सशस्त्र प्रहरी निरीक्षक धर्म थापाले जानकारी गराए ।  त्यस्तै सशस्त्रप्रहरी सँगै अजमा ,निपनिया ,बंजरही र भभई गाँउका बासिन्दाहरु राति लाठी लिएर बोर्डर ईलाकामा सुरक्षा गर्नथालेको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष रामदेवचाईको भनाई छ ।
त्यतिमात्र नभई कोरोना भाईरसबारे स्थानीय जागरुक भए पछि बोर्डरमा सशस्त्र प्रहरी डिउटी गर्नुका साथसाथै अपरिचित मानिसहरुलाई गाँउमा देख्ने बित्तिकै तुरन्त प्रहरीलाई खबर गरि क्वारेनटाईनमा पठाउने बानीको बिकास भईसकेको लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले जानकारी गराए ।
लुम्बिनी क्षेत्रमा  स्थानीयले समयमा खबर गरेकै कारण लुम्बिनी क्वारेनटाईनमा बस्नेहरुको संख्या ३१ पुगेको नगरप्रमुख चौधरीको भनाई छ ।
सीमाको प्रत्येक चारसय मीटरमा सशस्त्र प्रहरी स्थानीयसँग समन्वय गरेर बोर्डरको २४ घण्टा निगरानी गर्न थाले पछि लुकिछिपी नेपाल प्रवेश गर्नेहरुको समस्या नभएको  २७ नंं गणका डींएस.पी. निरंकारशुक्लाले जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*