लकडाउन एक साता थप गर्न उच्चस्तरीय समितिको सुझाव

खबरपथ संवाददाता
१३ बैशाख २०७७, शनिबार २०:५२

बुटवल । कारोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितीले जारी लकडाउन अझै एक साताको लागी थप गर्नुपर्ने सुझाव दिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल संयोजक रहनुुभएको उच्च स्तरिय समितीको शनिबार सिंहदरवारमा बसेको बैठकले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको बताइएको छ ।
सरकारले कोरोना नियन्त्रणकालागी गत चैत ११ गते देखि १६ गतेसम्मको लागि पहिलो पटक लकडाउनको घोषणा गरेको थियो । त्यस पश्चात पुनः मिति थप गर्दे लकडाउनको अवधी आगामी बैशाख १५ गते सकिदैछ । मिति थपका बारे सम्भवत आईतबार बस्ने मन्त्रिपरिषद्ले  निर्णय गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*