वैशाख २५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

खबरपथ संवाददाता
१४ बैशाख २०७७, आईतवार १९:५७

काठमाडौं । सरकारले बैशाख २५ गतेसम्म लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । आर्इृतबार बसेको मन्त्रिपरिषद्को बैठकले जारी लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस अघि सरकारले तोकेको लकडाउनको अवधि १५ वैशाख सम्म थियो ।
शनिवार बसेको उच्च स्तरीय समितीले लकडाउनले गर्दा कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो ।

हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*