नागरिक सरोकार अभियानद्धारा सरकारी प्रतिनिधिहरुसंग छलफल

खबरपथ संवाददाता
१६ बैशाख २०७७, मंगलवार १८:०३

बुटवल । कोभिड १९ नागरिक सरोकार अभियानले सरकारी निकायका प्रतिनिधिहरुलाई भेटगरि संचालन भैरहेका कामका विषयमा जानकारी लिएको छ । रुपन्देहीका प्रम्ख जिल्ला अधिकारी महादेव पन्त, जिल्ला समन्वय समितिका सभापती एकराज विक तथा रुपन्देहीका प्रहरी प्रमुख हेमराज थापालाई भेट गरी अवस्थाका विषयमा जानकारी लिएको हो । सम्वन्धीत कार्यलयहरुमै पुगेर गरिएको भेटघाट मा कोरोना भाईरस विरुद्ध अहिले भैरहेको लकडाउनको पालना, सिमा क्षेत्रमा गरिएको कडाई एवं नागरिकहरुको औषधी उपचार र राहतका विषयमा छलफल भएको थियो । अझै पनि सरकारी निकायहरुका विचमा समन्वयको अभाव, फरक फरक सरकारी निकायहरुको कार्यशैलीका कारण समस्याहरु देखिएको छलफल अभियानका संयोजक एवं पुर्व सभासद विनोद पहाडीले बताउनु भयो । उहांले अझै पनि महामारी नियन्त्रणमा नआईसकेकोले अझै वढि संवेदशिलता आवश्यक रहेको छलफलवाट निश्र्षमा पुगिएको पनि बताउनु भयो । त्यस्तो अवस्था आएकामा हाम्रो तयारीका विषयमा पनि सरोकारवाला निकाय संवेदशिल हुनु पर्ने उहांको जोड छ ।


छलफलका क्रममा प्रम्ख जिल्ला अधिकारी पन्तले नागरिक समाजसंग पनि सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । जिल्ला समन्वय समितिका सभापती विकले समाजमा देखिएका समस्याहरुको समाधान मिलेर गर्न सकिने बताउनु भयो । प्रहरी प्रमुख थापाले लकडाउन पुर्णरुपमा पालना गर्नका लागि नागरिक अगुवाहरुले भुमिका खेखिदिन आग्रह गर्नु भयो । छलफलमा सहभागि शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापती गोविन्द खनालले सरकारी नियकासंग समन्वय गरेर आफुहरु अघि वढ्ने र नागरिकहरुको अधिकारका विषयमा आवाज उठाउने बताउनु भयो ।


त्यस्तै अभियानका सदस्य एवं होटल तथा रेष्टुरेन्ट व्यवसायी सघका अध्यक्ष समुन्द्र जिसीले विपदका वेला निजि क्षेत्र पनि साथमा रहेको भन्दै समन्वयको अझै पनि अभावहरु देखिएको बताउनु भयो ।
सो अवसरमा अभियानका सदस्य एवं अधिवक्ता पदम वहादुर कार्की लकडाउनको पालना गर्न र नागरिकहरुको जिवन रक्षाका लागि स्वयमसेवी रुपमा आफुहरु काम गर्न तयार रहेको बताउनु भयो । पत्रकार विक्रम खड्काले सरकारी निकायहरुले अहिले सम्म गरेका कामहरु ठिकै भएपनि आगामी दिनमा त्यसले मात्र नपुग्ने भन्दै कामको गति वढाउनु पर्ने सुझाव दिनु भयो ।
अभियानको टोलीले यस अघि कोरोना विशेष अस्पतालहरुको अवलोकन एवं स्वास्थ्यसंस्थामा ओपिडि संचालनका विषयमा ध्यानाकर्षण गराएको थियो । यस संस्थामा प्रदेशका १२ जिल्लावाट एक सय वढि सदस्यहरु अवद्ध रहेको र उनिहरुले पनि कोरोना विरुद्धको अभियानमा काम गरिरहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*