भारतीय अभिनेता इरफान खानको निधन

खबरपथ संवाददाता
१७ बैशाख २०७७, बुधबार १६:११

काठमाण्डौं । भारतिय अभिनेता इरफान खानको उपचारको क्रममा निधन भएको छ । ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो।
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिना अघि रिलिज भएको अंग्रेजी मिडियम हो।
खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*