भारतिय चर्चित अभिनेता ऋषि कपुरको निधन

खबरपथ संवाददाता
१८ बैशाख २०७७, बिहीबार १०:५०

काठमाडौं । भारतिय चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो ।
अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*