लियो क्लब अफ बुटवल सेन्ट्रलमा नयाँ नेतृत्व चयन

खबरपथ संवाददाता
१८ बैशाख २०७७, बिहीबार १५:५५

बुटवल । लियो क्लब अफ बुटवल सेन्ट्रलमा नयाँ नेतृत्व चयन भएको छ । क्लबले अनलाईन बैठकबाट वर्ष २०२०—२१ को लागि नयाँ नेतृत्व चयन गरेको हो ।

कोरोना नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको पुर्णपालना गर्दै क्लबले बिहिबार निर्वाचन सम्पन्न गरेको छ ।
बर्ष २०१९—२० का प्रस्तावित अध्यक्ष अर्थात पहिलो उपाध्यक्ष चिरन अर्याललाई बिहिबार सम्पन्न निर्वाचनले अध्यक्षमा निर्वाचित गरेको हो । अर्याल रुपन्देहीका युवा व्यवसाय साथै विभिन्न अन्य सामाजिक संघसस्था चिरपरिचित व्यक्ति हुन । त्यसैगरी अधिबेशनले प्रथम उपाध्यक्षमा हिमाल खनाल, सचिवमा विशाल पाण्डे, र कोषाध्यक्षमा कृष्ण प्रसाद घिमिरेलाई निर्वाचित गरेको छ । साथै अन्य बाँकि रिक्त पदमा पहिलो बैठकबाट पदाधिकारीलाई पुर्णता दिने गरी बैठक सम्पन्न भएको वर्ष २०१९—२० का सचिव विकास टण्डनले जानकारी गराएका थिए ।
निर्वाचनमा लायन्स क्लबका २०१९—२० का अध्यक्ष लक्ष्मण पोख्रेल, लियो क्लबका चाटर्ड अध्यक्ष लक्ष्मण पन्थी, पुर्व अध्यक्ष विजय आचार्य, पुर्व अध्यक्ष सौरभ भुषाल, पुर्व अध्यक्ष प्रकास प्रोख्रल, निवर्तमान अध्यक्ष बुद्धि कुँवर लागायतको उपस्थितिमा निर्वाचन सम्पन्न भएको अर्यालले बताए ।
साथै बैठकमा निर्वाचित अर्यालले क्लबले अगाडि सारेका हरेक कार्यक्रमहरुलाई निरन्तरता दिदै अझ शसक्त रुपमा अगाडि बढाउने बताए थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*