रोल्पामा बेवारिसे बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

खबरपथ संवाददाता
१९ बैशाख २०७७, शुक्रबार ०८:५१

बुटवल । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चारजना बालबालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला बेवारिसे बम पड्किँदा बालबालिकाको मृत्यु भएको बताईएको छ । बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसी सहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपाली रहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष् शान्तकुमार ओलीले जानकारी दिनुभयो ।

बिहीबार साँझ नै रोल्पाको जुँगारबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थलमा पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*