कोराना संक्रमित भेटिएपछि रुपन्देहीको पूर्निहवा गाँउ शिल

बिन्दुु कुमार चौहान
१९ बैशाख २०७७, शुक्रबार २२:४१

लुम्बिनी । कोरोना भाईरस ( कोभिट १९ ) संक्रमित २५ बर्षीय युवा बस्ने रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं.१ पूर्निहवा गाँउ प्रहरीले शिल गरेको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मंत्रालयले ती युवामा कोरोना भाईरसको पुष्टि गरे पछि भारतको दिल्लीबाट बैशाख ५ गते ठोठरी नाका मार्फत प्रहरीको आखा छलि गाँउ प्रवेश गरेको कारण निजको ८ परिवार लाई मझगावा कोरेनटाईनमा पठाउनुका साथै वडा नं. १ को सम्पूर्ण गाँउमा आवतजावतका लागि प्रतिबन्ध लगाईएको हो ।
ती युवक गाँउमा आएको खबर पाई दुई हप्ता मझगाँवा कोरेनटाईनमा राखी पीसी आर स्याब परीक्षण प्रबिधी मार्फत बुटवल स्थित धागो कारखाना कोरोना अस्पतालमा कोरोनाको पुष्टि भए पछि थप संक्रमण हुन नदिन प्रहरीद्वारा सो कदम चाल्न लगाईएको कोटहीमाई स्वास्थ्य संयोजक मानबहादुर कुँवरले जानकारी गराए ।
प्रहरीले कोटमाई गाँउपालिका १ शिल गरे पछि पतझिया, अमरगंज,जमुही,सिपवा,बोगदिया, पुर्निहवा गाँउकाबासिन्दाहरु एक गाँउबाट अर्को गाँउमा आवत जावत गर्न छाडी सकेको कोटटहीमाई गाप १ का वडा अध्यक्ष राजमन जैयसवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*