कोरोना कहर : बाटो नै थुनेर गाँउमा जनता कर्फयु

बिन्दु कुमार चौहान
२० बैशाख २०७७, शनिबार २०:३८

लुम्बिनी । भारतको दिल्लीबाट काम गरि प्रहरीको आँखा छली स्वदेश फर्केका रुपन्देही कोटहीमाई गाँउपालिका वडा नं. १ पूर्निहवा निवासी २५ बर्षीय युवामा कोरोना भाईरस ( कोभिट १९ ) को संक्रमण प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरे पछि लुम्बिनीमा कोरोनाको कहर बढेको छ ।
शुक्रवार देखि स्थानीय प्रशासानले कोटहीमाई १ को पूरै गाँउ शिल गरे पछि छिमेकी लुम्बिनी साँस्कृतिक नगरपालिका भरि गाँउ टोलमा कोरोेनाको कहर बढेको हो ।


कोरोनाको कहरबाट बाँच्न लुम्बिनी बजार महिलवार , भभई, मुजहना,मोहम्मदनगर लगायत अन्य गाँउमा डण्डा लगाई साईकल समेत चल्नमा गाँउलेहरु रोक लगाई सकेको स्थानीय समाजसेवी बबिन बरईले बताए ।
सो सम्बन्धमा ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्की सँग जानकारी लिन खोज्दा उनले बिश्व ब्यापी महामारी कोरोना भाईरस बिरुद्ध गाँउलेहरुमा जागरुता आए पछि अपरिचित ब्यक्ति प्रवेश निषेध गर्न गाँउ गाँउमा बाटो बन्द गरे पनि अति आवश्यक सवारीसाधन एम्बुलेन्स,सुरक्षा ,प्रेस र दमकल लाई आवतजावत भईरहेको बताए ।


लुम्बिनीबासीमा कोरोना भाईरसको संत्रास छाए पछि स्वतःस्फूर्त ढंगबाट गाँउलेहरु सडकमा तगारे तेसाई ई बाहिरबाट आउने अपरिचित ब्यक्तिहरुलाई गाँउ प्रवेशमा रोक लगाउनुका साथै २४ घण्टा जाग्राम बसेर पहरा समेत दिन थालेको लुम्बिनी नगरप्रमुख मनमोहन चौधरीले जानकारी गराए ।
उनले लुम्बिनी कोयरेनटाईनमा राखिएका ३६ जना महिला पुरुषहरुमा आरडीटी परिक्षण गर्दा सबै जनामा निगेटिभ देखिए पछि हाल सम्म लुम्बिनी साँस्कृतिक नगरपालिका कोरोना संक्रमणबाट पूर्ण सुरक्षित रहेको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*