नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि

खबरपथ संवाददाता
२१ बैशाख २०७७, आईतवार १८:१०

काठमाडौं । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।
यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*